काठमाडौं । भारतीय टेलिसिरियलकी चर्चित अभिनेत्री वैशला ठक्करले आत्महत्या गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया वैशला आइतबार मध्यप्रदेशको इन्दौरस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
प्रहरीले उनको शव पोस्टमार्टमका लागि एमएस अस्पतालमा पठाएको छ। एक वर्षदेखि बस्दै आएको निवासबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। तर, मृत्युको कारण भने नखुलेको समाचारमा उल्लेख छ। प्रहरीले उनको आत्महत्याबारे अनुसन्धान गरिरहेकोे समाचारमा जनाइएको छ।
सन् २०१५ मा स्टार प्लसको चर्चित सिरियल ए रिस्ता क्या कहलता हैबाट अभिनय सुरु गरेकी उनले ससुराल सिमरका, ए हे आशिकी, सुपर सिस्टर्स, विष और अमृतलगायतका चर्चित सिरियलमा अभिनय गरेकी थिइन्। ससुराल सिमरकामा अञ्जली भारद्वाज चरित्रबाट थप सफलता पाएकी उनले खलपात्रको लागि गोल्डेन पटेल अवार्डसमेत जितेकी थिइन्।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ