क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक–एक स्वर्ण

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक–एक स्वर्ण

306144480_666167718148852_2257629726008046583_n

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरि १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकी हुमी बुढामगरले कास्य जित्न सफल भइन् ।

आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।

सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ