४०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

४०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

jayarani

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।

आइतबार पोखरा रंगशालामा भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४ दशमलव १३ सेकेण्डमा पूरा गरिन् ।

जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६ दशमलव ०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६ दशमलव ५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ