पोखरा । गण्डकी प्रदेशले पुरुष ह्याण्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण हात पा¥यो ।
पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामानै गण्डकीले पहिलो स्वर्ण जितेको हो । फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०÷१० हजार नगद प्रदान गरेका थिए ।
विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।
२०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।
नवौं राष्ट्रिय खेलकुद: महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।
उपविजेता एपीएफले रजत पदक जितेको छ । त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने