पोखरा -१५ को बृहत् सरसफाइ अभियान, आमा समूह तथा संघ संस्थाहरूको व्यापक सहभागिता  

पोखरा -१५ को बृहत् सरसफाइ अभियान, आमा समूह तथा संघ संस्थाहरूको व्यापक सहभागिता  

Cleanning-pokhara-15

पोखरा।  पोखरा महानगरपालिका वडा नं -१५ को वडा स्तरीय बृहत् सरसफाइ कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न भएको छ।

‘हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिक बस्ने वडा’ भन्ने मुख्य अभियानका वडा नं -१५ ले सुरु गरेको बृहत् सरसफाइ कार्यक्रम वडा कार्यालय परिसर लक्ष्मी टोल, रामबजारहुँदै बिरेन्द्रचोकमा पुगेर सम्पन्न भएको हो ।

सरसफाइ कार्यक्रमको समापन गर्दै पोखरा -१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले १५ नं वडाको महाअभियानमा साथ दिने सबैलाई धन्यवाद दिए।

उनले सरसफाइ शृङ्खला निरन्तर चलिरहने भन्दै जुन स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन हुन्छ, सोही स्थानका टोल विकास संस्था तथा आमा समूहहरूले अपनत्व लिन सके सरसफाइ कार्यक्रम प्रभावकारी हुने बताए। साथै आगामी शृङ्खलामा पनि वडावासीको सक्रिय सहभागिता रहनेमा उनले विश्वास व्यक्त गरे।

आजको सरसफाइ कार्यक्रममा लक्ष्मी टोल आमा समूह, ग्लो संस्था, डिभाइन यूथ क्लब, स्थानीय समाजसेवी, पूर्व वडाध्यक्ष तथा पोखरा -१५ का कर्मचारी लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ