नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार कास्कीको पोखरामा भव्य उद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ पोखरा रङ्गशालामा प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएनको टिम सहभागी छन् ।प्रतियोगिताका केही खेलहरू सम्पन्न भइसकेका छन् भने केही खेल अहिले जारी छ । प्रतियोगिता गण्डकी प्रदेशका सबै जिल्लामा हुनेछन् ।
पोखरा रंगशालामा नेपाली सेना, शसस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिसले मार्चपास गरे । त्यस्तै, सात प्रदेशले आ–आफ्नो संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रदर्शनलगायतका विभिन्न नृत्यहरू प्रदर्शन गरे । सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्णधारी तथा ओलम्पियन टिका बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरे ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न पाउँदा गौरावान्भित महशुस गरेको छु । नवौँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा नेपाली खेलकुदले धेरै उतावचढाव ब्यहोरेको छ । राष्ट्रिय खेलकुदले विविध चुनौतीहरू ब्यहोर्दै आएको छ । देशको मुहार फेर्न राष्ट्रिय खेलकुद कोशेढुंगा सावित भएको छ ।’
पुनले अगाडि भने, ‘यो खेलकुदबाट थुप्रै राष्ट्रिय कीर्तिमानहरू बन्ने मैले विश्वास लिएको छु । त्यसको लागि सबै खेलाडीलाई शुभकामना दिन चाहन्छु । समाजमा शान्तिको भाइचारा गर्ने खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने गर्छ । त्यसैले खेलकुदको विकास गर्नुपर्छ । तर सरकारले अपेक्षाअनुसारको लगानी गर्न सकेको छैन ।’

सात प्रदेश, तीन विभागीय क्लब र एनआरएनए गरी कुल ११ टिमले नवौँ राष्ट्रिय खेलकुदमा भाग लिएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेलमा ७७९९ खेलाडीले ४०४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन् ।
अहिलेसम्म १३ स्वर्णको छिनोफानो भइसकेको छ । जहाँ त्रिभुवन आर्मी क्लबले पाँच स्वर्ण, ६ रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ ।

गमती प्रदेशले चार स्वर्ण र तीन रजत र एक कास्यसहित आठ पदक जित्दा एपीएफले दुई स्वर्ण, चार रजत र सात कास्य गरी १३ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्य गरी चार पदक जित्दा नेपाल पुलिसले एक स्वर्ण जित्न सफल भएको छ । यता, गण्डकी प्रदेशले चार कास्य पदक जित्दा प्रदेश १ ले तीन कास्य जितेको छ ।


सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने