हेमजा । ग्राम प्रकाश आधारभूत बिद्यालय पोखरा २५ हेमजालाई शौचालय निर्माणका लागि सहयोग प्राप्त भएको छ । नेपाल जापान एजुकेशन सपोर्ट क्लबले ८ लाख ९० हजार सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिताले सहयोग गरेको ४ बिद्यालय मध्य धेरै बिद्यार्थी भएको बताउदै पढाइमा मात्र नभइ खेलमा पनि अघि लैजानु पर्ने उल्लेख गरे । उनले नेपाल आउन लागेको ३४ बर्ष भए पनि कोरोनाको कारण नेपाल नआएको ३ बर्ष भएको बताए । मनु हिराचनले किन्जो यामासिताद्वारा जापनिज भाषामा गरिएको सम्बोधनलाई नेपाली भाषामा उल्था गरिन् ।
उक्त अवसरमा नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिता, नेपाल जापान एजुकेशन सपोर्ट क्लबका नेपाल प्रतिनिधि सुनिल हिराचनलाई सम्मान गरियो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद पौडेल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य शिबलाल पौडेल, शिक्षक, बिद्यार्थी लगायत अभिभावकको उपस्थिति रहेको थियो । बिद्यालयमा १६८ बिद्यार्थी रहेका छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्र.अ मनोहर तिमिल्सिनाले र सञ्चालन शिक्षक प्रेमबहादुर कुँवरले गरेका थिए ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने