पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी खेल शनिबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेल तालिका अनुसार असोज २९ देखि कार्तिक २ गतेसम्म पोखरा रंगशाला स्थित आर्चरी मैदानमा खेल सञ्चालन हुनेछन् ।
खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउँदैछन् ।
पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए । मधेश र कर्णाली बाहेक सबै क्षेत्रको सहभागिता रहेको हो ।
गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीका अनुसार प्रतियोगितामा सहभागी हुन एक सय बढी खेलाडी विहिबार नै पोखरा आइसकेका छन् । ‘टीम सबै आइसके, अभ्यासमा छन् । तयारी लगभग पूरा भइसकेको छ । केही खेल सामाग्री आउन बाँकी छ ।’ थकालीले भने– ‘मैदानमा घाँस काट्ने, रंगरोगन गर्ने, रेखा कोर्ने काम गरिएको छ । टार्गेट बोर्ड र टार्गेट फेसको पर्खाईमा छौँ ।’ उनका अनुसार ३० वटा टार्गेट बोर्ड माग भएकोमा २० वटा आउने भनिएपनि खेलस्थलमा आइपुगेको छैन ।
स्टान्डर्ड (३० मिटर), रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर) विधामा खेल हुनेछन् । जुनियर लेभल स्टान्डर्डमा सबै क्षेत्रबाट सहभागिता छ । प्रतियोगितामा सहभागी हुने १०६ जना खेलाडीमध्ये ६६ जना पुरुष र ४० जना महिला छन् । एकल, सामूहिक र मिश्रित आधारमा खेल हुनेछ ।
शनिबार विहान सहभागी खेलाडीहरुको खेल सामाग्री परीक्षण र अफिसियल, खेलाडीहरु निश्चित गरिने काम हुनेछ भने दिउँसो २ बजेपछि ¥यांकिङ राउण्ड सुरु हुनेछ । शनिबार र आइतबार ¥यांकिङ सकिएपछि नकआउट चरणमा खेल प्रवेश गर्ने अध्यक्ष थकालीले बताए ।
२०६५ चैतमा काठमाण्डौमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पहिलो पटक आर्चरी खेल समाविष्ट थियो । त्यसयता आर्चरी नियमित समावेश छ । तर, सबै क्षेत्रबाट प्रतिनिधित्व नहुँदा बीचको दुई संस्करणमा पदक गणना भएन । पाँचौ र छैटौंमा पदक गणना भएको थियो भने सातौ र आठौँमा आर्चरी खेलाडीलाई अवसर दिएपनि पदक गणना नगरिएको थकाली बताउँछन् । नवौं खेलकुदमा भने आर्चरी खेलकर्मी उत्साहित छन् । सबैभन्दा धेरै क्षेत्रबाट खेलाडी सहभागी हुँदा यस संस्करण विशेष रहेको खेलाडीसमेत रहेका कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने