गाडी, मदिरा तथा माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे

गाडी, मदिरा तथा माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे

GyanendraKarki_20211119163235

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।

शुक्रबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले बैठकमा विभिन्न विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको बताए । यसअघि असोज २८ गतेसम्म महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएकोमा त्यसलाई निरन्तरता दिँदै आगामी मंसिर २९ गतेसम्म लम्बाइएको हो ।

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात मंसिर २९ गतेसम्म आयात प्रतिबन्ध रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds