एकै परिवारका तीन जनाको बीभत्स हत्या

एकै परिवारका तीन जनाको बीभत्स हत्या

balak hatyaa

बारा । बारामा एकै परिवारका तीन जनाको बीभत्स हत्या भएको छ।

प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ। प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ। उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको बताइएको छ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ। श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरीको भनाई छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ