गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएकाे र स्वतन्त्र उम्मेदवारले पनि फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्।
मनाङको प्रदेशसभा ‘ख’ मा मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले दोर्जेको उम्मेदवारी फिर्तासँगै उक्त क्षेत्रमा मनाङे मात्र उम्मेदवार बाँकी रहेको बताए। निर्वाचित भएको औपचारिक घोषणा भने भएकाे छैन ।
२०७४ को निर्वाचनमा विवादित पृष्ठभूमिका कारण एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि मनाङे स्वतन्त्र उम्मेदवार बनेका थिए ।
पछि पृथ्वीसुब्बा सरकार धर्मराएपछि मनाङे गण्डकीकाे खेलकुद मन्त्री बने । तर, गठबन्धनमा लागेपछि फेरि कृष्णचन्द्र सरकारमा पनि खेलकुद मन्त्री नै छन् । उनले यसपटक पनि एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताएका छन् । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताएका हुन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् ।
दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।
एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको बुझिएकाे छ । कांग्रेसले पनि मनाङेलाई समर्थन गर्दै उम्मेदवारी नदिएको बताइरहेकाे छ । डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर