धादिङ जिल्लाकै सर्वाधिक धनराशीको नवौं खुल्ला क्लबस्तरीय ‘नाईन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि सल्यानटार सिटीले उचालेकाे छ । उपाधिका साथमा सल्यान्टारले नगद १ लाख ३० हजार जित्न सफल भयाे ।
लगनशिल युवा क्लबले ज्वालामुखी गाउँपालिका-७ स्थित धारापानी खेल मैदानमा सञ्चालन गरेकाे प्रतियाेगिता अन्तर्गत मंगलबार भएकाे फाइनल खेलमा मैदी युनाइटेड विरूद्ध १–० काे झिनाे गाेल अन्तरले उपाधि उचालेकाे हाे । सुरन पाठककाे कप्तानीमा मैदान उत्रिएकाे सल्यानटार सिटीका सन्तलाल गुरुङको निर्णायक गाेलमा टाेलीले उपाधि उचालेकाे हाे ।
निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा गाेलरहित बराबरीमा राेक्न सकेकाे मैदी खेलकाे अन्तिम समयमा सम्हालिन सकेन ।
उपविजेतामा सीमित मैदीले ६५ हजार हात पारेको छ । काठमाडौंमा जारी शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलिरहेको लगनशील युवा क्लबले आयोजना गरेको यस प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएकाे थियाे ।
उत्कृष्ट खेलाडी रबि भण्डारी भए । यस्तै उत्कृष्ट गोलकिपर सन्दिप उप्रेति, सर्वाधिक गोलकर्ता राजकुमार घले र उत्कृष्ट डिफेन्डर सागर तामाङ घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार र अन्य उत्कृष्टले जनही ४ हजार प्राप्त गरे ।

उत्कृष्ट खेलाडीले पाँच हजार प्राप्त गर्दा उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान चार–चार हजार प्राप्त गरेका छन् ।

सम्बन्धित खबर
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु