निरन्तरको अविरल वर्षाले अवरुद्ध ७६ किमी बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्ततः ६ दिनपछि खुलेको छ। अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएको हो।
यसअघि अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा दर्जनौं स्थानमा बाढी पहिरो र नदी कटानले क्षति पुर्याएपछि बेनी-जोमसोम सडकको सिधा सम्पर्कविच्छेद भएको थियो। म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध भएपछि सडक खुलाउने निरन्तर प्रयास गरेपछि सडक सहज बनाउन अप्ठ्यारो परेको थियो। दसैं सकिएलगत्तै आइतबारदेखि मौसममा सुधार भएको र वर्षा रोकिएकाले ठाउँमा सडक उपकरण प्रयोग गरेर सडक मर्मत गरी सडक संञ्चालनमा ल्याउन सफल भएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।
निरन्तरको वर्षाले उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको घुमाउने ताल, बेगखोला, बैसरी,गुईठे,लाटो खोला,दाना ,रुप्से र काभ्रेभीर लगायतका स्थानमा बाढी पहिरो र नदी कटानले क्षति तुल्याएको थियो।
त्यस्तै अविरल वर्षा रोकिएसंगै आईतबारदेखि मुस्ताङ खण्ड समेत सहज भएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो न नदी कटानले मुस्ताङको मार्फा, खन्ती, एक्लेभट्टी, पान्डा खोला , मुक्तिनाथ जाने सडक र कागबेनी –छुसाङ लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो। मुस्ताङको मार्फाको दुई स्थानमा झन्डै एक हजार मिटर कालोपत्रे सडक बाढी पसेर क्षति पुगेको थियो।
Via: emustangnews.com
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो