भारतमा निर्मित ४ थरीका ‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

भारतमा निर्मित ४ थरीका ‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

Best-Cough-Syrup-Names-in-India

विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्‍याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो ।

भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो औषधि सेवनपछि ती बालबालिकाको मृत्यु भएको हुन सक्ने जनाएको छ । डब्लुएचओले प्रयोग नगर्न भनेको औषधिमा कोफ्याक्समेलिन बेबी सिरप, प्रोम्याथेजिन ओरल सलुसन, मेकअफ बेबी कफ सिरफ र मेगरिप एन्ड कोल्ड सिरप छन् ।

६६ जना कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदय विदारक रहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले बताएका छन् ।

यसैबीच, औषधि व्यवस्था विभागले ती चार खालका औषधि नेपालमा दर्ता भएका छैनन् भने विक्री वितरण पनि भएको पाइएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ