गोरखा–२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

गोरखा–२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

Prachanda

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको डा. बाबुराम भट्टराईको सो निर्वाचन क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले मनोनयन दर्ता गराएका हुन् ।

प्रचण्ड आइतबार भट्टराई र माओवादीा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुगेका थिए । उनले नेताद्वयलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गराएका छन् ।

प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिने गरेका छन् । २०६४ को निर्वाचनमा काठमाडौं र रोल्पाबाट निर्वाचन जितेका उनले २०७० सालको निर्वाचनमा भने काठमाडौंसहित सिराहाबाट उम्मेदवारी दिएका थिए । त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचन जितेका उनी यसपटक भने गोरखा पुगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds