पोखराको बिग क्लब ‘क्याटवाक’ मा राजु लामा “मङ्गोलियन हर्ट” को लाईभ हुने भएको छ। चर्चित गायक “राजु लामा” को सांगीतिक ब्याण्ड मङ्गोलियन हर्ट दशैँ पुर्णिमाको उपलक्ष्यमा ‘क्याटवाक’मा आगामी आइतबार (अशोज २३) लाइभ कन्सर्ट हुने भएको हो ।
“सायद तिम्रो बाटोमा”, “पर्खाइमा भिज्यो सिरानी”, “हेर्दा हेर्दै”, “दिल बस्यो”, “म माया लाउदिन “, जस्ता हिट नम्बर दिएका गायक राजु लामा “मङ्गोलियन हर्ट” ब्याण्ड क्याटवाकमा लाइभ कन्सर्टको तैयारी पुरा भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले जानकारी दिए ।
संचालक लामाका अनुसार मंगोलियन हार्ट ब्याण्ड र लोकप्रिय गायक राजु लामा सांगितिक कार्यक्रमका लागि पोखरा आईपुगेका छन् । गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा राजु लामा “मङ्गोलियन हर्ट” लाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सय रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।
अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक लामाले जानकार गराएका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता