गण्डकीका केही जिल्ला लगायत अन्य स्थानमा अत्याधिक वर्षा, सचेत रहन आग्रह

गण्डकीका केही जिल्ला लगायत अन्य स्थानमा अत्याधिक वर्षा, सचेत रहन आग्रह

Mausam

काठमाण्डौ । पछिल्लो तीन घण्टा गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

यी क्षेत्रमा अझै थप वर्षाको जोखिम रहेकाले बाढी पहिरोको सम्भावना रहेको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ । चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds