देशैभर वर्षा, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

देशैभर वर्षा, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

rain-weather

काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।

यसैबीच, आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताइन् । उनका अनुसार अहिले वाग्मती प्रदेशको चितवनमा धेरै पानी परिरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ ।

शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds