आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

झापा। आफ्नै आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षीय सन्त बहादुर माझीको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रको खुकुरी प्रहारबाट दुबैको घटनास्थलमै ज्यान गएको भन्ने खबर पश्चात ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धानको लागि उनकै बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ