नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको बताएका छन् ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले एमालेले आफ्नो भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहेको बताए ।
महासचिव पोखरेलले गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गरे– को हो तपाईंहरूको निर्वाचनपछिको प्रधानमन्त्री ? शेरबहादुर देउवा ? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहन्छौं ? कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ ?
जनमतका विरोधी माधव–प्रचण्ड काँग्रेससँग सिटको भीख माग्दै
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएपछि ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताए । उनले नयाँ जनमतमा जानु लोकतन्त्रको विरूद्धमा नहुने बताए ।
देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सिट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै महासचिव पोखरेलले भने– ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सिटको भीख माग्न लज्जावोध हुँदैन ? समाजवादको गफ हाक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?
गठबन्धनद्वारा राज्यको लुट
उनले नेपाली काँग्रेस नीतिविहीनताको शिकार भएको वताउँदै यदी काँग्रेसभित्र उसको नीति बमोजिम चल्नुपर्छ भन्ने मान्यता राख्ने कोही हुनुहुन्छ भने बोल्ने बेला आएकाे बताए ।
नेपाली काँग्रेसले २००७ सालमा राणासँग सम्झौता गरेर अगाडि बढ्दा २०१७ साल निम्तिएको, २०४६ सालको जनआन्दोलनपछि आन्दोलनको सहयोद्ध बाममोर्चासँग नभई राजाका प्रतिनिधिसँग मिलेर कमजोर संविधान बनाउँदा २०६२,६३ को जनआन्दोलनको आधारभूमि तयार भएको र वर्तमान संविधान जारीपछि पनि काँग्रेसले जनादेश विपरीत सत्तामा पुग्ने षडयन्त्रमा लागेको चर्चा गर्दै महासचिव पोखरेलले यदी लोकतन्त्रलाई सङ्कट छ भने त्यो जनादेशको अवज्ञा र गठबन्धनबाट भएकाे बताए ।
उनले मुलुकमा भ्रष्टाचार र अव्यवस्था मौलाइरहेका र पाँच दलीय गठबन्धनले राज्यमा लुट मच्चाइरहेको बताए । महासचिव पोखरेलले गठबन्धन अस्थिरता र नीतिगत विचलनको कारक भएको वताउँदै जनताबाट तिरस्कृतहरू मिलेर जनतामाथि शासन गर्न खोजेकाे बताए ।
नेकपा (एमाले) मुलुकमा आर्थिक, सामाजिक रूपान्तरण चाहेको र जनताको जीवनस्तरमा परिवर्तन चाहेको वताउँदै महासचिव पोखरेलले यस दिशामा अगाडि बढ्न चाहने देशभक्त, बामपन्थी सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।
महासचिव पोखरेलले भने–‘नेकपा (एमाले) देशमा लोककल्याणकारी राज्य स्थापना गर्न चाहन्छ, मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले शुरू गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियामा सामाजिक सुरक्षाको मोडेल हो, हामीले सामाजिक सुरक्षा भत्ता रकम मासिक पाँच हजार रुपियाँ पुर्याउने जनतासँग गरेको कवोल थियौं, सरकारबाट हटाएर पूरा गर्न नदिएकाले त्यो कबोल पूरा गर्न चाहन्छौं ।’
मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राष्ट्रिय शक्ति र स्थायित्व जरूरी रहेको बताउँदै नेकपा (एमाले) ले दूरदर्शी नेतृत्व र देश बनाउने गन्तव्यसहितको नीति अगाडि सारेको र त्यो कार्यान्वयन गर्ने बलियो शक्ति निर्माणको अभियानमा लागेको महासचिव पोखरेलले स्पष्ट पारे ।
हामीले लोकतन्त्रका लागि तीन पुस्ताले सङ्घर्ष गरेकोमा गर्व गर्छाैं, अधिकारको लडाञीमा सफल पनि भएका छौं चर्चा गर्दै महासचिव पोखरेलले क्रान्तिपछि युग बदल्न, समाज बदल्न नसकेकाे उल्लेख गरे ।
उनले आगामी निर्वाचन हामीले ल्याएको परिवर्तन र उपलब्धिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा अत्यन्त महत्वपूर्ण रहेको वताउँदै नेकपा (एमाले) को विजयमा मात्र त्यो सम्भव हुने छ भन्नुभयो । महासचिव पोखरेलले नेपालीहरूका महान चाड वडादशैं, तिहार, नयाँबर्ष र छठपर्वको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी, कास्की जिल्ला कमिटि अध्यक्ष मनबहादुर गुरूंग लगायतले बाेलेका थिए ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर