अफगानिस्तानको काबुलमा आत्मघाती विष्फोट, १९ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा आत्मघाती विष्फोट, १९ जनाको मृत्यु

bam bispot

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।

प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो।

सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो।

यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन्। बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो। घटनाको कुनै समूहले जिम्मा लिएको छैन।

अफगान गृह मन्त्रालयले आम नागरिकमाथि गरिएको यो आक्रमण अमानवीय र क्रुर भएको प्रतिक्रिया दिएको छ।

अफगानिस्तानमा गत वर्ष तालिबान सत्तामा फर्किएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds