पोखरामा टिपर चोरी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

पोखरामा टिपर चोरी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

tipar-baluwa-dhunga

सांकेतिक तस्विर

कास्की। पोखरामा टिपर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले पोखरा -१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान पक्राउ गरेको हो ।

उक्त उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१ सिमपानीबाट उनलाई टिपर सहित पक्राउ गरेको हो ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ