रवि लामिछानेलाई डेंगु संक्रमण

रवि लामिछानेलाई डेंगु संक्रमण

rabi

काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ।

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई डेंगु संक्रमण भएको जानकारी दिएका हुन्।

उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन्।

‘हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लमजुङ, गोर्खा लगायतका कार्यक्रमहरूमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु । यसबाट पर्न जाने असहजता प्रति क्षमा प्रार्थी छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds