एकैदिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढ्यो

एकैदिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढ्यो

gold_

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन १ हजार २ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य बिहीबार २५ रुपैयाँले बढेको छ।

आज चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds