मन्दिर प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

मन्दिर प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra-sunar1

बाजुरा । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ।

बाजुरा प्रहरीका अनुसार त्रिवेणी–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन्।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds