पोखरा । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।
पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने शुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

उक्त जुनियर तर्फको क्यूरोगी तर्फको इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु भईरहेका छन् ।
उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन