डेंगुकै कारण २९ जनाको मृत्यु, देशभर २२ हजार ९८८ जना संक्रमित

डेंगुकै कारण २९ जनाको मृत्यु, देशभर २२ हजार ९८८ जना संक्रमित

dengue-fever

काठमाण्डौ। नेपालमा डेंगुको संक्रमण ७६ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीब्र गतिमा फैलिएको डेंगुको संक्रमण देशको ७६ जिल्लामा देखिएको हो।

मन्त्रालयका अनुसार गत साउनदेखि नेपालमा २२ हजार ९८८ जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा २९ जनाको ज्यान गइसकेको छ।

हाल प्रदेश नं १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७,७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८२१, कर्णाली प्रदेशमा २३० र सुदुर पश्चिम प्रदेशमा ७७७ जनामा डेंगु पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालनका लागि बजेट बिनियोजन गरिसकिएको उल्लेख गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds