शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

satyamohan_joshi

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ ।

१०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds