सुसाइड नोट लेखेर बेपत्ता भइन् गायिका जेरुसा राई

सुसाइड नोट लेखेर बेपत्ता भइन् गायिका जेरुसा राई

jerusha-rai-singer

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् ।

३० वर्षीया राई आफ्नी आमाको साथमा ललितपुरको सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा निवेदन दिएको थियो ।

हालसम्म उनलाई फेला पार्न सकेको छैन ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ