काठमाडौं । ‘प्रेमगीत ३’ आज शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ ।
विश्वका १२ सय हलमा एकै दिन फिल्म रिलिज हुन लागेको हो । फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।
हिन्दी भाषामा डब गरिएको पहिलो नेपाली फिल्म भारत, युएइ, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी, जापान, दक्षिण कोरियालगायत देशका हलहरुमा रिजिल हुने बलिउड हङ्गामाले जनाएको छ ।
तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले फिल्मको हिन्दी डबको सेन्सर रोकिएको छ ।
भारतका पाँच सय हलमा फिल्म रिलिज भएको छ भने नेपालमा दुई सय हलमा लागेको छ । भारतमा पहिलो दिन ७५ प्रतिशत टिकट पहिल्यै विक्री भएको पनि बलिउड हङ्गामाले जनाएको छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।
‘प्रेमगीत ३’ बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । फिल्मको कथा मन्दीप गौतम र छेतेन गुरुङले संयुक्त रुपमा लेखेका हुन् ।
११ करोड रुपैयाँमा बनेको यस फिल्मले पहिलो दिन नै साढे पाँच करोड भारुको ब्यापार गर्ने अनुमान वितरकको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो