पोखरा । पोखरामा बिहिबारदेखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ सुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ, अन्र्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हल र ब्याटमिण्टन कोर्टमा सुरु भएको प्रतियोगिता भदौ ९ गतेसम्म चल्नेछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रतियोगिताले नेपालको समृद्धि, पर्यटन, राष्ट्रियता र भाइचाराको सम्बन्ध बढाएको बताए ।
खेलाडीहरुले खेल खेल्ने काम मात्र होइन सद्भावना दुतका रुपमा अघि बढेको उनको भनाई थियो । प्रतियोगिताको महत्वलाई व्याक्ति, समाज र राष्ट्रले बुझेकाले तेक्वान्दोको विश्वस्तरीय प्रतियोगिता पोखरामा गर्न सहयोग गर्ने विश्व तेक्वान्दो महासंघलाई धन्यवाद दिए । आगामी दिनमा गण्डकी प्रदेश भित्र खेल पूर्वाधार निर्माणका लागि केन्द्र सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चुङ वाङ चोइले विश्वभरका तेक्वान्दो खेलाडी पोखरा आएर खेल्न पाउनु सौभाग्यको विषय भएको बताए । अन्नपूर्ण र माछापुच्छ्रेको काखमा तेक्वान्दो खेल्नु खेलाडीका लागि सुखद रहेका उनले सुनाए । एसियन तेक्वान्दो यूनियनका अध्यक्ष प्रोफेसर क्यू सिको लिले सुन्दर नगरी पोखरामा प्रतियोगिता आयोजना गरेर आयोजकले पोखरासँगको सामिप्यता बढाउने काम गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले खेल क्षेत्र चलायमान गराएको बताए । प्रदेशमा खेल गतिविधि बढेकाले सरकारले पूर्वाधारमा विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले यस प्रतियोगिताले गण्डकीमा हुने नवौं खेलकुदलाई सहयोग पुर्याउने अपेक्षा गरे ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा र कार्यकारिणी समितिका अध्यक्ष तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले प्रतियोगिता लामो संघर्षपछि नेपालका भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । जसले गर्दा विश्वभरी नै राम्रो सन्देश जाने उनीहरुको भनाई थियो ।
तथा गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव रमेश पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आएका छन् । एउटै खेलका लागि यति ठुलो संख्यामा सहभागिता नेपाली खेलकुदको संभवत् इतिहासमानै पहिलो भएको दावी आयोजक संघले गरेको छ । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जि–२ र्याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेलहरु भईरहेका छन् ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन एभरेष्ट इन्सोेरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल एसविआई बैंक लिमिटेड, इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसियसन, कर्माचार्य फुड्स एण्ड बेकर्स प्राली, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषद, वुद्ध इएर, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, हिमालयन अफिस अटोमेसन, भायनेट, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतको सहयोग गरेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो