पोखरा । बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ ।
कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनाएका छन् । बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । ब्याजदर वृद्धिले मुद्रास्फीतिमा समेत चाप पर्ने भन्दै संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग गरेको छ ।
ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधरण समेत महंगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने जनाउँदै संघले राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम गरेको उल्लेख गरेको छ । ‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्ने छ,’ अध्यक्ष सुवेदीले भने– अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौं ।’
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो