स्वतन्त्र उठ्ने घोषणा गरेका युवा नेता अब्दुस मियाँ एमाले प्रवेश

स्वतन्त्र उठ्ने घोषणा गरेका युवा नेता अब्दुस मियाँ एमाले प्रवेश

Abdus uml

काठमाडौं-६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित मियाँलाई पार्टीमा प्रवेश गराएका हुन् ।

मियाँ यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनी उक्त पार्टीको युवा संगठनका संयोजकसमेत रहेका थिए । पछिल्लो पटक स्थानीय तहको चुनावमा उनी निर्वाचन परिचालन समितिमा सदस्य थिए ।

स्थानीय तहको चुनावपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ