पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

Sarbendra uml

पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेललगायतले प्रवेशीलाई स्वागत गरेका थिए। त्यस्तै, ०६४ मा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन्।

खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

उनले भने, ‘३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु । पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौँ ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ