अनशनरत डा. केसीमा कडा खालको अल्सरको लक्षण

अनशनरत डा. केसीमा कडा खालको अल्सरको लक्षण

Govinda KC

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखेर ९ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी पनि दिएको छ।

शरीरमा रक्तचाप, अक्सिजनको मात्रा कम, मांसपेशी खुम्चदै गएको छ। अल्सर भई रक्तश्रावको शंका भएकाले थप जटिलता हुने देखिएको बताइएको छ।

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि विशेषज्ञ र विशिष्टकृत अस्पतालमा लैजान अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds