संविधान दिवसका अवसरमा ६८१ कैदीलाई आममाफी

संविधान दिवसका अवसरमा ६८१ कैदीलाई आममाफी

Jail

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन्। २१ जनाले सजाय माफी पाएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिएका हुन्।

सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिइएको जनाइएको छ।

यस्तै, महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ