पोखरा । पूर्व गृहमन्त्री खगराज अधिकारीले केही व्यक्तिको खराब प्रवृत्तिले व्यवस्थाको विरोध हुन थालेको बताएका छन् । उनले केही व्यक्तिहरु नराम्रा भए भन्दैमा व्यवस्थाकै विरोध गर्न नहुने उल्लेख गरे ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोस्सोन)द्वारा आयोजित ‘संविधान कार्यान्वयन सम्बन्धमा आसन्न निर्वाचनमा उम्मेद्वार छनौटका आधार’ विषयक अन्तरकृयात्मक गोष्ठीमा बोल्दै अधिकारीले भने – ‘हामी अहिले संविधान कार्यान्वयनकै क्रममा रहेको छौँ । देशमा भैरहेका सकारात्मक पक्षहरु भन्दा नकारात्मक कुराहरुको बढी उजागर गरिएको हुनाले संघियताका विषयमा नकारात्मक टिप्पणीहरु भै रहेको पाइएको छ । हामीले पाएको लोकतान्त्रिक सँघिय व्यवस्था राम्रो छ ।’
विशेष अतिथि गण्डकी प्रदेश सांसद मोहन रेग्मीले पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको ५ वर्ष भित्र सरकार संचालन र विकास निर्माणलाई जस्ताको तस्तै छुट्याउन आग्रह गरे ।
गोष्ठीमा प्रा.डा. गिरधारी दाहालले नेपालका संविधानको इतिहास र आसन्न निर्वाचनमा उम्मेद्वार छनौटका आधारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा टिप्पणी गर्दै प्रा. डा. उमानाथ बरालले हाल राजनीतिलाई सेवा भन्दा पेशा बनाईएको, पैसाको वलमा चुनावमा टिकट पाउने र जित्ने प्रवृत्ति रहेको, वारम्बार एउटै व्यक्तिहरु चुनावमा उठ्ने लगायतका कारण योग्य व्यक्तिहरु उच्च राजनैतिक पदमा पुग्न नसकेको र राजनीतिमा सुधार हुन नसकेको बिचार राखे ।
राजनीतिशास्त्रका प्राध्यापक गजेन्द्र प्रसाद च्वाईले राजनीति गर्ने व्यक्तिमा नैतिकता र सादगीपन एकदमै आवश्यक रहेको कुरा औंल्याए । अहिलेका राजनैतिक दलका नेताहरु विलासी जिवन व्यतित गर्ने तर भन्ने बेलामा देश र जनताको लागि राजनीति गरेको भन्ने कुरा एकदमै नमिल्ने कुरा भएको जिकिर गरे । गोष्ठी कार्यक्रममा सहभागीहरुका जिज्ञासाहरु पनि सम्बन्धित विज्ञहरुले सम्बोधन गरेका थिए ।
राजनीतिशास्त्र बिभागका विभागीय प्रमुख प्रा. थान बहादुर क्षेत्रीले अहिलेका राजनैतिक दलहरु कुनै दर्शनबाट नभै बिचौलियाद्वारा चलेको कुराको उजागर गरेका थिए ।
संस्थाका अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको स्थापनाको उद्देश्यका बारेमा संस्थाका सल्लाहकार वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले प्रकाश पारेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही र जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज वबरालले यस्तो वौद्विक संस्था जन्मेकोमा खुशी व्यक्त गर्दै संस्थाको उज्जल भविश्यको कामना गरे ।
वडा नं १ को वडा अध्यक्ष शाहारा प्रधान साथै जिल्ला सम्वन्वयन समिति कास्कीको कार्यकारी अधिकृत नवराज वरालले यस्तो प्राज्ञिक संस्था पोखरा १ मा जन्मदा अति नै खुशी अनुभूति भएको हुँदा गौरव गर्दै सँधै आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा सोसाईटीका सह–कोषाध्यक्ष क्या. सन्त बहादुर लामिछाने नेपालकै पहिलो हट एअर बेलुनका प्रविधिक बन्न सफल भएको र संस्थाका सल्लाहकार एवम् विधान मस्यौदा समितिका संयोजक अधिवक्ता माधवराज बास्तोला हालै वरिष्ठ अधिवक्ता भएकोमा सोसाइटीले सम्मान गरेको थियो । पोलिटिकल साईन्स सोसाइटी नेपालले ५ बुुँुदे घोषणा पत्र पनि जारी गरेको छ ।
गोष्ठीमा सहभागीलाई धन्यवाद ज्ञापन सहसचिव डा. संजय कोईराला र संचालन सचिव मिलन आलेले गरेका थिए ।
सम्बन्धित खबर
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते