असोज १९ देखि डिभी भर्न सकिने, पासपोर्ट नचाहिने

असोज १९ देखि डिभी भर्न सकिने, पासपोर्ट नचाहिने

america

काठमाडौं । आगामी असोज १९ (अक्टोबर ५) देखि डिभी भर्न सकिने भएको छ ।

डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने भएको छ।

न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्नसकिने भएको छ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ।

विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्।

साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य गरिएको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ