अछाम । अछाममा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ। पहिरोमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।
तुर्माखाँद गाउँपालिका–५ मा ४ जना, कमलबजार नगरपालिका–६ मा ७ जना र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यी वडामा तीन जना पहिरोमा परि बेपत्ता छन्। ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।
घाइतेहरुको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
पहिरोमा परि ज्यान गुमाएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजी कार्य भइरहेको जनाइएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ