भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

flood-badhi

symbolic picture

काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

अहिले पनि उत्तर प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको र यो अझै केही दिन जारी रहने भारतीय मौसम विभागले जनाएको छ ।

यता, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds