पोखरा । देशभर आज बिहीबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो