धमाधम उठ्न थाल्यो काठमाण्डौ महानगरको कर, २९ वर्षदेखि कर नतिरेका पनि सम्पर्कमा

धमाधम उठ्न थाल्यो काठमाण्डौ महानगरको कर, २९ वर्षदेखि कर नतिरेका पनि सम्पर्कमा

Ktm-Mahanagar

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि कर नतिरेका करदाताले पनि कर तिर्न थालेका छन् । काठमाण्डौ महानगरले गत भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।

पत्राचार र पटकपटकको ताकेतापछि अहिलेसम्म ८४ लाख ३४ हजार रुपैयाँ असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए। यो असुल भएको कर मनोरंजन कर हो।

जसमध्ये काठमाण्डाै फन पार्कले १७ लाख ३६ हजार रुपैयाँ, डेन्टिन क्यासिनो होटल म्यारिटले २१ लाख ४२ हजार रुपैयाँ, क्यासिनो प्यालेस अन्नपूर्ण होटलले ११ लाख ८५ हजार रुपैयाँ, प्राइट इन्टरटेनमेन्ट एन्ड सिक्रिएशन हयात होटलले नौ लाख ८९ हजार रुपैयाँ, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टीले नौ लाख ९३ हजार र बेलिज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार रुपैयाँ बुझाएको छ ।

यस्तै, विगत २९ वर्षदेखिको कर वापतको बक्यौता नतिरेका सार्वजनिक संस्थानहरु पनि पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने क्रम बढेको अधिकारीले दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ