पाकिस्तानमा बाढीमा परी गत २४ घन्टामा ५४ जनाको मृत्यु

पाकिस्तानमा बाढीमा परी गत २४ घन्टामा ५४ जनाको मृत्यु

flood-badhi

symbolic picture

काठमाडौं । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गत २४ घन्टामा ५४ जनाको मृत्यु भएको छ। अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

बितेका दुई महिनामा पाकिस्तानमा १ हजार ४ सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ। बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ।

सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको हो। तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ। यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबारविहीन भएर आश्रय लिइरहेका छन्।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि बाढीले असर गरेको छ। सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिल्गिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन्।

बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन्। बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ