जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्कियो

जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्कियो

Nepal_Airlines_01

काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएको छ ।

१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज धुवाँ देखिएपछि आधा घन्टामै काठमाडौँ फर्किएको थियो ।

जहाजको प्राविधिक जाँचपछि आज (बुधवार) बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds