पोखरामा घर अगाडिबाटै वृद्धाको घाँटीबाट सुनको सिक्री लुटियो

पोखरामा घर अगाडिबाटै वृद्धाको घाँटीबाट सुनको सिक्री लुटियो

sikri

सांकेतिक फोटो

पोखरा। पोखराको निराजनचोकमा मंगलबार बिहान सिक्री लुटिएको छ।

पोखरा महानगरपालिका वडा नं -१५ निराजनचोकस्थित मनिराम थापाकी ८७ वर्षीया आमा दिलमाया थापाले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री अन्दाजी ८ बजेको समयमा घर अगाडिबाटै लुटिएको हो।

छोरा मनिरामका अनुसार बिहान घर छेउमा झार उखेलिरहेको बेला स्कुटरमा आएका दुई युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका हुन्।

यद्यपी घटनाको विषयमा बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले घटनाबारे जानकारी दिन चाहेनन्।

घटनास्थल नजिकै विद्युतको पोलमा सिसिटिभी राखिएपनि बिग्रिएको स्थानीयले बताएका छन्।

चाडबाड नजिकिएसँगै दिनदाहाडै भएको चोरीको घटनापछि स्थानीयमा त्रास छाएको छ। चाडबाडको समयमा चोक तथा गल्लीमा प्रहरीले सुरक्षा सक्रियता बढाउनुपर्ने उनीहरुको माग छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ