टिकटक बनाउने क्रममा खोलाले बगाएर बेपत्ता किशोरीको शव फेला

टिकटक बनाउने क्रममा खोलाले बगाएर बेपत्ता किशोरीको शव फेला

tiktok

रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ ।

खाेलाले बगाएर जिल्लाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको हो।

सोमबार अन्दाजी तीन बजेतिर फगाम खोलामा दुई साथीहरु सहित खोला किनारको बालुवामा टिकटक बनाउने क्रममा उनी खोलामा खसेर बेपत्ता भएकी थिइन्।

बेपत्ता भए पश्चात प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकाे सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनकाे शव भेटिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds