काठमाडौं । जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले नेपाल प्रहरीबाट ‘वारेन्टेड’ छन् । क्रिकेट लिग खेल्ने सिलसिलामा जमैकामा रहेका लामिछाने नेपाल फर्किने प्रतिक्षामा छ प्रहरी ।
एक किशोरीले जबरजस्ती करणीमा जाहेरी दिएपछि सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू केही दिनमा नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् । २४ भदौमा उनले सो स्टाटस लेखेपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारीका साथ बसेको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप कहिले नेपाल आइपुग्छन् भन्ने एकिन जानकारी नरहेको बताए । कार्कीले भने, ‘उनले आफैं नेपाल आउने र आफूमाथि लागेको आरोपको कानूनी प्रतिवाद गर्ने बताएपछि हामीले उनलाई झिकाउनका निम्ति कुनै कसरत गरेनौं । इन्टरपोललाई पनि भनिएको छैन । उनी आफैं आएर कानूनलाई सघाउनेमा आशावादी छौं ।’
जिल्ला अदालत काठमाडौंबाट गत विहिबार पक्राउ पूर्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा पक्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते