पोखरा । पोखरामा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, सर्लाही घर भई हाल कास्की पोखरा- ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत र वर्ष ३५ को रूपक बस्नेत, बागलुङ जैमिनीन- ७ घर भई हाल कास्की पोखरा- ११फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, कास्की पोखरा- ७ बस्ने वर्ष ३१ को सुर्य थापा, धादिङ निलकण्ठ- ४ घर भई हाल कास्की पोखरा- ११बस्ने वर्ष ३७ को रमेश ठकुरी, कास्की पोखरा- १३ बस्ने वर्ष ४० को आशबहादुर गुरुङ, लमजुङ- १० घर भई हाल कास्की पोखरा- १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन्।
उनीहरुकोसाथबाट प्रहरीले नगद १ लाख ७ हजार २५५ रुपैयाँ र २११ पत्ती तास बरामद गरेको छ।
उनीहरुविरुद्ध हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते