चिट्ठी लेखेर सम्पर्कविहीन समर्पण नौ घण्टापछि भेटिए

चिट्ठी लेखेर सम्पर्कविहीन समर्पण नौ घण्टापछि भेटिए

samarpan

बिहानदेखि सम्पर्कविहीन गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय समर्पण गौतम पाेखरामै फेला परेका छन् । स्कूल निस्केका उनी पोखरा महानगरपालिका वडा नं. २ बरपाटनस्थित विन्ध्यवासिनी विद्यालय नजिकै फेला परेका हुन्।

वर्षाकाे समयमा छाता ओढेर हिँडिरहेको अवस्थामा फेला पारिएको परिवारले जनाएका छन्। बिहान साढे नौ बजे स्कूल हिँडेका समर्पण बेपत्ता रहेको समाचार सामाजिक संजाल र विभिन्न संचारमाध्यममा तस्वीरसहित प्रकाशन भएपछि स्थानियले छाता ओढेर हिँडेको अवस्थामा चिनेर परिवारलाई फाेन गरेर जानकारी दिएका थिए ।

खबर पाउनासाथ त्यहाँ पुगेका उनका मामाले समर्पणलाई सम्झाई बुझाइ गरेर घर फर्काएका थिए। प्रहरीले आवश्यक सोधपुछ गरेर उनका बाबुआमालाई जिम्मा लगाएको जनाइएकाे छ ।

समर्पण स्कूल हिँडेपछि उनको कोठामा हेर्दा आफूलाई पढ्न गाह्रो भएकाले घर छाडेको लेखिएकाे चिट्ठी फेला पारिएकाे थियाे । छोराले त्यस्तो चिट्ठी लेखेको देखेपछि उनका आमाबाबुले छोरा हराएकाले खोजि गरिदिन भन्दै प्रहरी, स्थानीय बासिन्दा र आफ़न्तहरुसँग अनुरोध गरेका थिए।

‘पढ्न गाह्रो भयो’ भन्दै चिठ्ठी लेखेर पोखरामा १३ वर्षीय बालक सम्पर्कविहीन

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ