मोटरहेडको चाडपर्व लक्षित अफर: ‘४ को चमत्कार, बाइक पनि बचत पनि’

मोटरहेडको चाडपर्व लक्षित अफर: ‘४ को चमत्कार, बाइक पनि बचत पनि’

305023896_585448060

नेपालका लागि मोटरहेड ब्रान्डको बाइककाे आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नजिकिँदै गरेकाे पर्वलाई लक्षित गर्दै ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ ।

आगामी कार्तिक १५ शनिबारसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुकालागि स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएको छ । त्यस्तै, यो स्किम अन्तर्गत बम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्नेछन् ।

कम्पनीका ग्राहकले जुनसुकै माध्यमबाट टेक्कन २५०को पूरानो मोडल खरिद गरेमा २५ हजार छुट पाउन सक्ने व्यवस्था रहेको छ ।

नेपाली बजारमा पछिल्लो समय मोटरहेडले टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । यी बाइकको सुरुवाती मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ राखेर बिक्री हुँदै आएको छ ।

पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’

मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि हो । पोखरा र आसपासका युवाले मोटरसाइकल खरीदका लागि मल्टिस्टार मोटर्समा सम्पर्क गर्न सक्नेछन् । शोरुममा मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको सञ्चालक इन्द्र गिरीले  जनाए ।

कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ